भूमि समस्या समाधान आयोगको जिल्ला समितिले पायो पूर्णता

मोरङको अध्यक्षमा दिलप्रसाद राई, विज्ञमा नवीन पौडेल र सदस्यमा मोहन तुम्बोपा

विराटनगर । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिमा अध्यक्ष, विज्ञ तथा सदस्य नियुक्त गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको सूचना अनुसार मन्त्रालयले गत १५ गते गरेको निर्णय अनुसार प्रदेश १ का सबै जिल्लामा आयोगले पूर्णता पाएको हो ।

नियुक्त गरिएकाहरुमा इलामका अध्यक्षमा ओमनारायण खनाल, विज्ञमा प्रकाश अधिकारी र सदस्यमा हेमन्त राई, झापाको अध्यक्षमा प्रेम बहादुर गिरी, विज्ञमा राधाकृष्ण खनाल र सदस्यमा मदन प्रसाद अधिकारी, सुनसरीको अध्यक्षमा खेमराज पोखरेल, विज्ञमा सूर्यकुमार राई र सदस्यमा बद्रीनाथ घिमिरे, मोरङको अध्यक्षमा दिलप्रसाद राई, विज्ञमा नवीन पौडेल र सदस्यमा मोहन तुम्बोपा, पाँचथरको अध्यक्षमा करुणा राई, विज्ञमा जयप्रकाश केरुङ र सदस्यमा देवीप्रसाद कोइराला रहेका छन् ।

यस्तै ताप्लेजुङ अध्यक्षमा लक्ष्मीबहादुर कोईराला, विज्ञमा प्रकाश इवारम र सदस्यमा कमलप्रसाद गुरागाईं, धनकुटाको अध्यक्षमा नैन बहादुर विश्वकर्मा, विज्ञ सावित्रा राई र सदस्यमा दिपक बुढाथोकी, तेह्रथुम अध्यक्षमा किशोरचन्द्र दुलाल, विज्ञ रामचन्द्र थपलिया र सदस्यमा धर्मराज खुलाल, संखुवासभामा अध्यक्ष वीरेन्द्र के.सी., विज्ञ वेदकुमारी रिमाल र सदस्यमा विपिन तामाङ, भोजपुरमा अध्यक्ष देवीराम चौंलागाईं, विज्ञ ईश्वरमान राई र सदस्यमा केशव बहादुर राई, ओखलढुंगा अध्यक्षमा शंकरबहादुर कटवाल, विज्ञ विजयकुमार बस्नेत र सदस्यमा रामकुमार अछामी थापा मगर रहनु भएको छ । यस्तै खोटाङको अध्यक्षमा हरिकुमार पोखरेल, विज्ञ खेमराज राई र सदस्यमा दिलकुमारी राई, सोलुखुम्बु अध्यक्ष रामकाजी श्रेष्ठ, विज्ञ कुन्जाङ शेर्पा र सदस्य मोहन कुमारी कार्की र उदयपुर अध्यक्षमा गोपालबहादुर खत्री, विज्ञ दुर्गानन्द चौधरी र सदस्यमा कान्ता कुमारी राई रहनु भएको छ ।

७७ वटै जिल्ला समितिलाई पूर्णता दिएकोबारे सरकारले उक्त सूचना नेपाल राजपत्रमा आज प्रकाशित गरेको हो ।

सोमबार, १९ माघ, २०७७, रातीको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर