लोड हुँदैछ...

मेनु

विवाद ल्याउन संवैधानिक परिषद्को पत्र फिर्ता : मन्त्री ढकाल

विवाद ल्याउन संवैधानिक परिषद्को पत्र फिर्ता : मन्त्री ढकाल

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदबाट पठाईएको पत्र निजी अर्थमा फिर्ता गर्नुभएको बताउनुभएको छ ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामुख सापकोटाले आफ्नो निजी लेटरप्याडमा लेखिएको चिठी संवैधानिक अंगको प्रमुखको ठाउँमा सरकारको मुख्य सचिवलाई पठाउनु विधिसम्मत नभएको टिप्पणी गर्नुभयो । आगामी दिनको राजनीतिमा विवादको विषय बनाउका लागि त्यसो गरिएको मन्त्री ढकालको धारणा छ ।

संसदमा राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समितिको रुपमा एउटा विशेष समिति छ, मन्त्री ढकालले भन्नुभयो, ‘यो उहाँको एकल क्षेत्राधिकारको विषय होईन, संस्थागत रुपमा सचिवालयको तर्फबाट पत्र पठाउनु गैह्रकानुनी र विधिसम्मत हुँदैन भन्ने प्रतिवाद भएपछि सभामुख सापकोटाले निजी ढंगबाट पत्र लेखेर प्रचारका निम्ति यस्तो गर्नुभएको हो ।’

सभामुख सापकोटाले पत्र फिर्ता गर्ने विषय, प्रतिनिधिसभा विघटन भएको दिन साढे ३ बजे गएको अविश्वासको प्रस्ताव साढे ९ बजे नै आएको भनेर गरिएको प्रचार जस्तै रहेको मन्त्री ढकालले स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा बोल्नुहुँदै मन्त्री ढकालले नेपालको राजनीतिमा अब कुनै अन्यौलता नरहेको बताउनुभयो । उहाँले बैशाख १७ र २७ गतेको आम निर्र्वाचनका लागी सबै अंगहरु त्यो दिशामा परिचालित रहेको स्पष्ट पार्नुभयो । कतिपय राजनितिक पार्टीहरुले बाह्य रुपमा निर्वाचनको विरोध गरेपनि आन्तरिक रुपमा भने जनतामा जाने विभिन्न बहाना खोजिरहेको मन्त्री ढकालको भनाइ छ ।

यस्तै मन्त्री ढकालले पशुपतिमा जलहरी लगाउने विषय प्रधानमन्त्री ओलीको व्यक्तिगत निर्णय बमोजिम कार्यान्वयन नभएको बताउनुभयो । आर्थिक श्रोत र अन्य विभिन्न कारणले विगत लामो समयदेखि अलपत्र परेको परेको सो कार्यलाई पूर्णता दिन प्रधानमन्त्री ओेलीले पशुपति क्षेत्र विकास कोषलाई राज्यका तर्फबाट थप ३० करोड उपलब्ध गराईदिने प्रतिबद्धता मात्र व्यक्त गर्नुभएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

यस्तै माघ २३ गतेको आमसभाको प्रसङ्ग जोड्नुहुँदै मन्त्री ढकालले नेकपा जनपक्षीय र जनताको म्यान्डेटको आधारमा चलेको हुनाले सबैखाले मान्छेहरुको प्रतिनिधित्व होस भनेर आलोचकहरुले पनि भेलामा जनसहभागिता वृद्धि गराउनका निम्ति सहयोग गरेको जिकिर गर्नुभयो । हामीले भन्दा एउटै कोणका व्यक्ति मात्र उपस्थित हुन्थे, उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्रीले गर्ने सम्बोधन विशेषै किसिमको सम्बोधन हुन्छ भनेपछि, त्यो सम्बोधन सुन्नका लागी पनि सबैले सहयोग पुर्याउनुुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।