विराटनगर । माघ ७ गते सुरु भएर अनिश्चित कालको लागि स्थगित भएको प्रदेश नं. १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी दिएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएको र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा प्रदेशसभा बैठक आह्वान भएको प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक स्थगित भएको थियो । स्थगित बैठक सभामुखले २५ गतेको लागि आह्वान गर्नुभएको प्रदेशसभा सचिब गोपाल पराजुलीले जानकारी दिनुभयो ।
अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए । प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्नेछ । यद्यपी मुख्यमन्त्री र उहाँको समूहले भने प्रस्ताव प्रक्रियामा लैजान नहुने दबाब सभामुखलाई दिइरहेको छ ।
आपूmले कार्वाही निलम्बन गरेका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अबरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनेको छ । बहुमत पक्षले पनि मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको छ ।
प्रदेशसभाामा सरकारले कुनैपनि बिधेयक दर्ता नगरेकोले बैठकको लागि अविश्वास प्रस्ताव बाहेक अरु कुनै कार्यसुची छैनन् ।