विराटनगर । विदेशबाट ब्राउन सुगर गैह्रकानूनी रुपमा नेपाल ल्याइपु¥याउँदा सुनको भन्दा महंगो मूल्यमा कारोबार हुने भएकोले यसको तस्करी बढेको पाइएको छ । पछिल्लो समय खुला सीमानाको फाइदा उठाउँदै सुनभन्दा बढी मूल्यमा ब्राउनसुगरको कारोबारी हुने भएकोले तस्करी बढेर गएको हो ।
खैरोहिरोइन आजभोली प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । दिनहुँ मानिसपनि पक्राउ परिरहेका छन् । प्रदेश १ का विभिन्न जिल्लाबाट खैरोहिरोइन बरामद हुने र मानिस पक्राउ पर्ने क्रम देखिएको छ । सोमबार प्रहरीले लागुऔषध खैरोहिरोइन सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका ५ शर्णामतीका ३० वर्षे मिलन राजवंशी, बिर्तामोड ६ का २० वर्षे सुनिल राई, बिर्तामोड ७ का २३ वर्षे रुपेश गुरुङ छन् । प्रहरीले उनीहरुको साथबाट १९ ग्राम ब्राउनसुगर बरामद ग¥यो ।
यसअघि ५ माघमा मोरङको रतुवाई नगरपालिका ५ आमबारीदेखि ठूलो परिणामको ब्राउन सुगर (खैरो हेरोइन) पक्राउ गरेको थियो । लागूऔषध ब्यूरो टोलीले १२६ ग्रामसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने भारत अररीयाका २२ वर्षे मोहम्मद नबाब आलम र रतुवामाई–२ झुर्कियाका ४४ वर्षे मोहम्मद रफिक मियाँ थिए । उनीहरूले काकरभिट्टा नाका हुँदै ल्याएको ब्राउनसुगर पूर्वको सहरमा बिक्री गर्न लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले बरामद गरेको यो ब्राउनसुगर चालु आर्थिक वर्षभरीको अहिलेसम्मकै ठूलो परिमाणको हो । पक्राउ परेका दुवै जना कारोबारी रहेको खुलेको छ ।
ब्राउन सुगर विश्व बजारमा उच्च गुणस्तरको र महँगो लागुऔषध मध्येमा पर्दछ । तस्करी गरि ब्राउनसुगर नेपाल ल्याइपु¥याउँदा सुनकोभन्दा महंगो मूल्यमा कारोबार हुने गरेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीहरूको भनाई छ । ब्राउनसुगरको तस्करीमा लागेका गिरोहले नेपालको पूर्वी सहरमा ल्याएपछि ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउनसुगरको ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतबाट पूर्वको सहरहरूमा ल्याएपछि प्रतिडोज ३ हजारदेखि ५ हजार रूपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । गिरोहले भारतमा प्रतिग्राम ४ देखि पाँच हजार रुपैयाँसम्म ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले ल्याएको ब्राउनसुगर धरान, इटहरीको पूर्वी सहरदेखि काठमाडौसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताउनुभयो ।
तेस्रो मुलुक थाइल्याण्ड र म्यानमारबाट भारत हुँदै अवैध रूपमा ब्राउनसुगरका तस्करीमा संलग्न गिरोहले यो लागूऔषध भित्र्याउने गरेको पाइएको छ । तस्करी गर्ने गिरोहले झापाको काँकडभिट्टा नाका प्रयोग गर्ने गरेको सुरक्षा निकायका अधिकारीको भनाई छ । काँकडभिट्टा नाका ब्राउनसुगरको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । दुई वर्षमा प्रदेश १ मा ५ केजी ६ सय ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ सय २० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद गरेको ब्राउनसुगर अधिकांश काँकडभिट्टा नाकाबाट ल्याएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लागूऔषधको तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सीमा नाकामा प्रहरी र सशस्त्र बाहेक लागूऔषध ब्यूरोको टोलीलाई छुट्टै परिचालन हुने गरेको छ । उनीहरुको ‘कनेक्सन’ पूर्वका केही व्यक्तिसँग रहेको पाइएको छ । प्राप्त सूचना र उनीहरुको ‘कनेक्सन’का आधारमा नेपालमा रहेर ब्राउन सुगरको कारोबार गर्ने गिरोहको खोजीमा पूर्वका विभिन्न शहरमा अहिले प्रहरीको भिन्दाभिन्दै टोली परिचाल छ ।
प्रदेशबाट दुई वर्षमा प्रहरीले लागूऔषध सहित १ हजार ६४४ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८ सय ४८ जनालाई लागूऔषधसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी बिपिन रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये ८२४ पुरुष र २४ जना महिलालाई अवैध लागूऔषध सहित पक्राउ गरेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।
अघिल्लो आर्थिक वर्षमा लागूऔषध ल्याउनेलाई पक्राउ गरि ५८१ वटा मुद्दा अदालतमा दर्ता गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा न्यून संख्यामा लागूऔषधसहित पक्राउ पर्नेको संख्यामा कमि आएको छ । आर्थिक वर्षमा ७९६ जना लागूऔषसहित पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ७६१ पुरुष र ३५ जना महिला छन् । चालु आर्थिक वर्षको पुस महिनासम्मा प्रहरीले ४४२ जनालाई लागूऔषसिहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२३ पुरुष र १९ जना महिला छन् । ३१ जना फरार भएको प्रदेश प्रहरीको तथ्याङमा देखिन्छ ।
प्रदेश प्रहरीको अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म २१० वटा मुद्दा दर्ता गरेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी मोरङदेखि लागूऔषधसहित पक्राउ बढी परेका छन् । सबैभन्दा बढी झापा, मोरङ र सुनसरीको लागूऔषधको अखडा रहेको छ । मोरङमा १३१ जना पुरुष र १० जना महिला लागूऔषधसहित पक्राउ परेका छन् । यस्तै झापादेखि ११४ पुरुष र ६ जना महिला, सुनसरीमा १०२ पुरुष र १ जना महिला लागूऔषधसहित पक्राउ परेका छन् । यस्तै इलाममा १५, उदयपुरमा ५४, ताप्लेजुङमा २, पाँचथरमा ३ र खोटाङ्गमा २ जना लागूऔषधसहित पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी रेग्मीका अनुसार प्रहरीले सक्रियता बढाएको कारणले अहिले लागूऔषध कारोवारी पक्राउ परिरहेको बताउनुभएको छ । ‘लकडाउनपछि चहलपहल पनि बढेको छ,’ उहाँले भन्नुभयो, ‘नाकामा कडाई गरि प्रहरीले चेकजाँच र निगरानी बढाउँदा लागूऔषको कारोबारी र ओसार पोसारमा संलग्नहरु पक्राउ पर्न थालेका हुन् ।’
प्रहरीको अनुसार लागूऔषधको कारोबा र प्रयोगकर्तामा बढी युवा उमेर समूहका रहेका छन् । १८ देखि ३० वर्ष उमेर समूहका लागूऔषधको कारोबार र प्रयोगकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रदेशमा लागूऔषध विरूद्ध सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्दै डिएसपी रेग्मीले जानकारी दिनुभयो । ‘जिल्लाहरूमा प्रहरीले लागूऔषध विरूद्धको सचेतनामुलक अभियान संचालन गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले स्कूलमा अध्ययनरत युवा विद्यार्थीहरूमाझ पनि अभियान सञ्चालन गर्दै आएका छौं ।’ प्रहरीले लागूऔषध प्रयोगकर्ताहरूलाई पनि सचेत गराउँदै आएको छ ।