लोड हुँदैछ...

मेनु

विप्लवका नेता अनिल विरही विराटनगरबाट रिहा

विप्लवका नेता अनिल विरही विराटनगरबाट रिहा

विराटनगर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए ।

त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चल्यो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds