उर्लाबारी । मोरङका उर्लाबारी नगरपालिकाभित्रै ठेक्काको विषयमा हातपात भएको छ ।
आज सडक कालोपत्रेको ठेक्का बुझाउन गएका जर्नादन अधिकारीमाथी हातपात गरिएको हो । उनलाई हातपात गर्नुको साथै मोबाइल प्रहार गरिएको थियो ।
ठेक्का बुझाउन नदिन युवाहरुको झुण्डले हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्ष अगाडि नै हातपातको घटना भएपनि नगरपालिका मौन देखिएको छ । हातपात भएपछि नगर प्रहरी तथा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली पुगेपनि हातपात गर्ने समूहलाई कुनै कार्वाही प्रक्रिया अघि नबढाएको बुझिएको छ ।