काठमाडौँ । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन संविधानले नदिने बताउनुभएको छ ।
आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनस्स्थापना गर्ने बाटो संविधानमा नभएको बताउनुभयो ।
आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले विघटन गरेकाले अब पुनःस्थापना नहुने प्रधानमन्त्रीको दावी छ । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको भन्दै उहाँले बाँकी ३४ प्रतिशतमा विकल्प नहुने जिकिर गर्नुभयो ।
अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने दावी गर्दै ओलीले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताउनुभयो । दाहाल र नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो ।
दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मान मात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।