प्रधानमन्त्रीद्वारा ५ जना मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ जना नयाँ मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

यसअघि ७ जनामन्त्रीले राजिनामा दिएका थिए । रिक्त मन्त्री पदमा आजै प्रधानमन्त्री ओलीले नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा श्रममा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा, खानेपानीमा गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथग्रहणको कार्यक्रम राखिएको छ । सपथग्रहण लगत्तै आजै साँझ ८ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । नयाँ मन्त्री नियुक्तिमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् । नवनियुक्त मन्त्री प्रभु साह यसअघि प्रचण्ड–नेपाल समूहमा गएको भएपनि दुई अध्यक्षात्मक प्रणाली ठिक नभएको भन्दै असहमति राख्दै आएका थिए । मन्त्री भएसँगै अन्ततः उनी पुनः ओली पक्षको नेकपामा लागेका छन् ।

शुक्रबार, १० पुष, २०७७, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर