पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदय विजयी

पथरी । मोरङको  पथरीमा भएको प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय बिजयी भएको छ ।

खेलको १६ औँ मिनेटमा टेन नवोदयका जर्सि नं. १० का खेलाडी घनश्याम चौहानले गरेको गोल नै निर्णयक बन्यो । कर्नर पासबाट आएको गोल रोक्न खोज्दा गोल रक्षक चेतन खतिवडाको हातबाट फुस्किएपछि चौहानले उत्कृष्ट गोल गर्न सफल भएका हुन् । यसपछि पनि घनश्यामले पटक पटक पाएका सुनौला अवसरलाई गोलको दिसा दिन नसक्दा थप गोल गर्न नसकेपछि टेन नवोदयले १–० मै चित्त बुझायो ।

टेन नावेदयका सनम मुडियारीले गरेको प्रहारले जाली चुम्न सकेन । वाइजीएफटीका निमोन लिम्बूको उत्कृष्ट फ्रिकिकले जाली चुम्न सकेन । निमोनसँगै सुमन राई लगायतको निरन्तरको प्रहार विफल भएपछि आइजिएफटीले टेन नवोदयलाई अंक सुम्पन बाध्य भयो । आजको खेलमा जित हासिल गरेसँगै टेन नवोदयले ६ अंक बनाएको छ ।

पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

बिहीबारको दोस्रो चरणको खेल देवीगञ्ज एफसी र दि रियल ब्रोदर एफसीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बुधबार, ०१ पुष, २०७७, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर