लोड हुँदैछ...

मेनु

कोरोनाबाट दुई दिनको अन्तरमा दम्पतीको मृत्यु

कोरोनाबाट दुई दिनको अन्तरमा दम्पतीको मृत्यु

धरान । कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरमा दुई दिनको फरकमा एक दम्पत्तीको मृत्यु भएको छ ।

होम आइसोलेसनमा रहेको बेला कोरोनाबाट श्रीमतिको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान श्रीमानको पनि मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार गत सोमबार बिहान साढे १० बजे ६७ वर्षीया श्रीमतिको मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा उनमा मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

त्यस्तै ७४ वर्षीय श्रीमानमा पनि कात्तिक २४ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि लगिएपनि सुधार नभएपछि परिवारले घरैमा फर्काएकोमा उनको मृत्यु भएको हो ।

यसैबीच प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा सिरहाको लहान–२ का ७० वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले ढिलोगरि त्यसबारे जानकारी दिनुभएको हो ।

पहिल्यैदेखि मधुमेहको समस्या रहेका ती व्यक्तिलाई कात्तिक १६ गते प्रतिष्ठानमा भर्ना गरिएकोमा १७ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।