आईपीएलको सट्टाबाजी खेलाउने तीन जना पक्राउ

विराटनगर । छिमेकी मुलुक भारतको भइरहेको इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् ।

आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मंगलबार राति मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर १५ भट्टीमोडका ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, विराटनगर १७ रानीका ४२ वर्षीय जगदिश साह र विराटनगर १५ रानीका ३८ वर्षीय बैजनाथ साह छन् । सत्यजित साहको घरमा मोबाईल फोनमार्फत आइपिएलको सट्टाबाजी भइरहेको विशेष सूचना आएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले साहको साथबाट सट्टाबाजी खेलाउन लिएको ६० हजार रुपैयाँ पनि बरामद गरेको मोरङ प्ररीले जनाएको छ । ‘अहिले चलिरहेको आइपीएलमा अवैध रूपमा सट्टाबाजी गर्ने गिरोह सक्रिय भएको पाइयो,’ डिएसपी राईले भन्नुभयोे, ‘यसमा अरू पनि संलग्न हुनसक्ने अनुमानसहित थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सट्टाबाजी खेलाउन प्रयोग हुने ल्यापटप र मोवाइल पनि बरामद गरेको छ । प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गर्ने जनाएको छ ।

सेप्टेम्बर १९ देखि सुरु भएको आईपीएलको १३ औं संस्करणमा ८ टिम सहभागी छन् । अन्तिम खेल १० नोभेम्बरमा हुनेछ ।

बुधबार, १४ असोज, २०७७, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर