विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज बिदा हुने भएका छन् ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल आज समाप्त हुँदैछ । कुलमान आज बिदा भईरहँदा पनि अब प्राधिकरणको प्रमुखको रुपमा को नियुक्त हुने बिषयको टुङ्गो अझै पनि लागेको छैन ।
वि.सं. २०५१ सालमा ७ औं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका कुलमान २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । जिम्मेवारी विहिन बनाईएका उनी खुल्ला प्रतिस्पर्धामार्फत प्राधिकरणको नेतृत्वमा आएका थिए । जनस्तरबाट कुलमानको कार्यकाल दोहोरिनुपर्ने दबाब आईरहँदा पनि हालसम्म मन्त्रिपरिषदमा भने उनलाई दोहो¥याउने प्रस्ताव पुगेको छैन ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना रहेको जनाईएको छ ।