विराटनगर । मोरङको बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहायका लागि घर निर्माण गरिदिएको छ ।
नगरपालिकाका १ सय १ परिवारलाई पहिलो चरणमा घर निर्माण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
अत्यन्तै कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकहरुका लागि नगरपालिकाले पूर्ण रुपमा निःशुल्क घर तयार गरिदिएको हो ।बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो।
पहिलो चरणमा नगरभित्रका तीन वटा वडाहरु वडा नं. ३, ४ र ११ मा घरहरु निर्माण गरिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताउनुभयो ।पराजुलीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् ।
नगरपालिकाले चिटिक्क परेका घरहरु निःशुल्क निर्माण गरिदिएपछि लाभग्राहीहरु हर्षित भएका छन् । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको त्रिपक्षीय लगानी सम्झौतामा घरहरू निर्माण गरिएको हो । नगरपालिकाका अनुसार प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
नगरपालिकाको स्टिमेट् अनुसार प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङ्को टिनको छानो लगाइएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।