बीपी कोभिड अस्पतालमा दुई संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा ३८ मिनेटको फरकमा बिहीबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरी राजविराज ७ घर भएका २ जना कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार ५० वर्षीय पुरुषको १ः१५ बजे र ५५ वर्षीय पुरुषको २ः०२ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ५५ वर्षीय पुरुषलाई सप्तरीको छिन्नमस्ता अस्पतालबाट स्वास्थ्य अवस्था गम्भीर भएपछि रेफर भएको थियो ।

भदौ ४ गतेबाट उनको प्रतिष्ठानमा उपचार भइरहेकोमा ७ गते कोरोना संक्रमण देखिएको थियो । उनलाई कोभिड अस्पतालको आइसियूमा राखेर उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यस्तै अर्का ५० वर्षीय संक्रमितको भने प्रतिष्ठानको आकिस्मक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वास समस्या भएपछि बिहीबार १ः२० अस्पतालमा भर्ना गरिएका उनको २ः०२ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकमा पनि कोरोना संक्रमण देखिएको छ ।

बिहिबार, १८ भदौ, २०७७, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर