काठमाडौं । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या झण्डै २ हजार पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार संक्रमित प्रहरीको संख्या हालसम्म एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् ।
जसमध्ये उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । यस्तै प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् ।
त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् ।
– रातोपाटी