लोड हुँदैछ...

मेनु

निमोनियाबाट मृत्यु भएका धरानका बृद्धमा कोरोना पुष्टि

निमोनियाबाट मृत्यु भएका धरानका बृद्धमा कोरोना पुष्टि

धरान । निमोनियाबाट मृत्यु भएका सुनसरीको धरान ११ का एक बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ घरमै निधन भएका बृद्धमा कोरोना संक्रमण रहेको आशंकामा स्वाब संकलन गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

बृद्धको स्वाबको रिपोर्ट पोजेटिभ आएको धरान ११ का वडाअध्यक्ष बाबुलाल लामाले जानकारी दिनुभयो । मृतक धरान ११ मंगलबारे चोकदेखि नजिकै भानु मार्गमा डेरामा बस्ने गर्थे । ज्वरो र निमोनिया भएपछि उनको मृत्यु भएको थियो ।

मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले घरमा नै पुगेर ब्लड लिएका थिए । ती मेडिकल सञ्चालकले त्यसपछि पनि धेरैलाई औषधी बिक्री गरेको पाइएको छ ।

योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । यसअघि अन्य ५ जना कोरोना संक्रमण पुष्टि भएर उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।