इटहरी । सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार सोमबार साँझ इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो । मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।
सुनसरीमा अहिलेसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६२ पुगेको छ । जयसमध्ये ३५० जना कोरोनामुक्त भएका छन् भने ४०७ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट धरानका ५ जनाको मृत्यु भएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।