काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
लामो समयदेखि मुटुको समस्या रहेर उपचाररत ७० वर्षीय चालिसेको मंगलबार बिहान गंगालाल अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।
गंगालाल अस्पतालमा मुटुकै उपचाररत उनमा कोरानो संक्रमण देखिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको भाइ कृष्णराज चालिसेले जानकारी दिनुभयो ।
पाँच दिनअघि शहिद गंगालाल अस्पतालमा भर्ना गरेपछि उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । काठमाडौं महानगरपालिका ३ निवासी चालिसेले २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए ।