तीन दिनसम्म भारी वर्षा हुने

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन प्रदेश १ सहित देशभर भारी वर्षा हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित मध्यम वर्षा हुनेछ । प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

मंगलबार देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश ५ मा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको र भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली विस्तारै पश्चिम–उत्तर दिशातर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ।

सोमबार, १५ भदौ, २०७७, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर