कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

विराटनगर । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोना भाइरसबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

मृतकहरु सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना महिला रहेका छन् । यस्तै मृतक पुरुषहरुमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ।

आइतबार, १४ भदौ, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर