विराटनगर । आइतबार देशभर १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ। विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । कोरोनामुक्त हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।