कोरोनाबाट नेपालमा ४९ हजारको मृत्यु हुने अनुमान सतप्रतिशत गलत भएको जनस्वास्थ्यविद्को दावी

विराटनगर । अक्सफोर्ड म्यानेजमेन्ट पोलिसीले गरेको नेपालमा कोरोनाबाट हजारौंंको ज्यान जाने अनुमान शतप्रतिशत गलत भएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ अध्ययनको रिपोर्ट सार्वजनिक भएपछि जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले त्यो अध्ययन र रिपोर्ट गलत रहेको टिप्पणी गर्नुभएको हो ।

डा.पाण्डेले यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने र तीमध्ये ४९ हजार २ सयको मृत्यु हुने अनुमान सार्वजति गरेर नेपालमा त्रास फैलाइएको बताउनुभएको छ । उक्त अनुमान १०० प्रतिशत गलत रहेको डा. पाण्डेको दावी छ । अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनैपनि नमिल्ने उहाँले बताउनुभयो ।

‘महामारीको समय, यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु’ डा.पाण्डेले भन्नुभयो, ‘इटली र स्पेनको अवस्था हेरेर यस्तो रिपोर्ट बनाउँदा जनमानसमा भ्रम फैलिएको छ,्र यो सतप्रतिशत गलत छ ।’

अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुने सार्वजनिक भएको थियो । डा. पाण्डेले भने एउटा अध्येताको नाताले जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने तथा जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने अनुमान पनि गलत रहेको दावी गर्नुभएको छ ।

शनिबार, १३ भदौ, २०७७, दिउँसोको ०१:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर