लोड हुँदैछ...

मेनु

आइसोलेसन तोडफोड गर्नेलाई कोरोना संक्रमण पुष्टि

आइसोलेसन तोडफोड गर्नेलाई कोरोना संक्रमण पुष्टि

संखुवासभा । संखुवासभाको हिमालय किरण क्याम्पसको खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न दुई जनामा कोरोना संक्रमण देखिएको छ।

क्याम्पसमा भएको आइसोलेसन तोडफोड गरेको आरोपमा पक्राउ परेका क्याम्पसप्रमुखसहित ५ जनामध्ये २ जनालाई कोरोना संक्रमण देखिएको हो ।

आइसोलेसन तोडफोड गर्न ६० वर्षीय पुरुष र ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार प्रहरी कार्यालयको हिरासतमा रहेकाहरुको स्वाब परीक्षण गर्दा २ जनामा कोरोना देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लका अनुसार आइसोलेसन तोडफोडमा १५ लाखको बराबसको सामान क्षति हुनुको साथ हराएको छ । सोही आरोपमा पक्राउ परेका २ जनासहित जिल्ला प्रहरी कार्यालयका अन्य चार प्रहरीलाई समेत कोरोना संक्रमण देखिएको छ ।

आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले भदौ ६ गते क्याम्पस प्रमुख मातृका तिम्सिनासहित हरी बुढाथोकी, पासाङ शेर्पा, बिकास थापामगर र लाखबहादुर राई पक्राउ गरेको थियो। आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।