विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको हो । मृतकमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा . निदेश सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धको कोभिड अस्पतालमा भर्ना गरि उपचार भैरहेकोमा मृत्यु भएको थियो ।

मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।