सुनसरीमा थप ३१ लाई कोरोना, संक्रमितको सङ्ख्या ५३९ पुग्यो

इटहरी । सुनसरीमा बिहीबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै सुनसरीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय ३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

बिहीबार धरान उपमहानगरपालिकामा १ जना पुरुष र १ जना महिला, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २ जना, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष र २ जना महिला, दुहबी नगरपालिकामा ७ पुरुष र ३ महिला, इटहरीमा १ जना महिला र ८ पुरुषमा संक्रमण देखिएको हो । सुनसरीमा अहिलेसम्म २ सय २३ जना कोरोना संक्रमित कोरोनामुक्त भएको र ३ सय १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनसरीमा अहिलेसम्म १ जना महिला र २ जना पुरुष गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना धरान १५ का हुन् ।

बिहिबार, ११ भदौ, २०७७, दिउँसोको ०१:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर