धरान । सुनसरीको धरान उपमहानगरपालिकामा बुधबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २० पुग्दा ३ वटा बाहेक १७ वटामा संक्रमण फैलिएको छ ।
धरानका २० वटा वडामध्ये १२, १४ र २० नम्बर वडामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।
धरानमा सबैभन्दा धेरै १८ नम्बर वडामा २४ जना संक्रमित भेटिएका छन् । यस्तै यसैगरी धरान १५ मा १७ जना, धरान १६ मा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । धरान १ मा ३ जना, २ मा २ जना, ३ मा ६ जना, ४ मा १ जना, ५ मा ३ जना, ६ मा २ जना, ७ मा २ जना, ८ मा ८ जना, ९ मा २ जना, १० मा ६ जना, ११ मा ८ जना, १३ मा ८ जना, १७ मा ९ जना र १९ मा ५ जना संक्रमित पहिचान भएका छन् । संक्रमितमध्ये ५४ जना कोरोनामुक्त भईसकेका छन् ।
उपमहानगरपालिकामा ७४ जना पुरुष र ४६ जना महिला गरी जम्मा १ सय २० जनामा कोरोना संक्रमण देखिँदा एक महिला र २ पुरुषको मृत्यु भएको छ । धरानमा कोरोना संक्रमित भएकामध्ये विदेशबाट आएका ३६ जना, धरानबासी समुदायका ६० जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका २४ जना रहेका छन् ।
धरानमा समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन साउन २२ गतेदेखि धरान उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको छ । लकडाउन दोस्रो पटक थपेर भदौ १७ गतेसम्म पुर्याएको छ ।

