विराटनगर । कोरोेना भाइरस संक्रमणका कारण विराटनगरमा अर्का एक पुरुषको मृत्यु भएको छ ।
महोत्तरी घर भएका ६० वर्षीय पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको हो ।
टाउकोको नसा सुकेर प्यारालाईसिस भएका उनको उपचारको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएका उनको लक्षण देखिएपछि भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजेेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक एबम अस्पतालका डाइरेक्टर रन्जितरााज बस्नेतका अनुसार मृतक पुरुषमा कोरोना देखिएपछि अस्पतालले तयार गरेको आइसोलेसनमा उपचार भैरहेको थियो । भेण्टिलेटरमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मंगलबार राती नै बिराट मेडिकल कलेजमा पनि एक कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ । बिराटनगर ११ निवासी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

