विराटनगर । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो ।
सोमबार स्वाब संकलन गरिएको न्यायाधीशको मंगलबार साझ संक्रमण देखिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबावु थपलियाले जानकारी दिनुभयो । संक्रमित न्यायाधीश होम आइसोलेनमा रहेका छन् । संक्रमित भएका न्यायीधशमा कुनै लक्षण नदेखिएको अदालतले जनाएको छ ।
न्यायधीशका सवारी चालकलाई केही दिन अगाडि संक्रमण पुष्टि भएको थियो । चालकलाई संक्रमण देखिएपछि न्यायाधीशले परीक्षणको लागि स्वाब दिएका थिए । यसअघि मोरङ अदालतका एक जना न्यायाधीशलाई संक्रमण दिएको थियो ।
मंगलबार विराटनगर महानगरपालिकाभित्र २४ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म विराटनगरमा संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । मंगलबार ८६ जना डिस्चार्ज भएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।