विराटनगर । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा मगलबार सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

ज्यान गुमाउनेमा काठमाडौंकी ७२ वर्षीया महिला, ७६ र ६६ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मन्त्रालयका अनुसार पल्लिो २४ घन्टामा ८ सय ५५ सहित देशभर संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् ।