लोड हुँदैछ...

मेनु

विराटनगरकी कोरोना संक्रमितले स्वस्थ शिशु जन्माइन्

विराटनगरकी कोरोना संक्रमितले स्वस्थ शिशु जन्माइन्

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छन् ।

विराटनरगर २ घर भएकी २० वर्षीय कोरोना संक्रमित गर्भवती महिलाले सोमबार छोरीलाई जन्म दिएकी हुन् ।

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित महिला भदौ ७ गते बीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न डा.सुर्यप्रसाद रिमालको निगरानीमा डा.मुकेश र नर्सले नर्मल डेलेभेरी गराएको प्रतिष्ठानले जनाएको छ ।

जन्मदा शिशुको तौल २.८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताउनुभयो ।

‘शल्यक्रियामार्फत् बच्चा निकाल्नुपर्छ भन्ने लागेको थियो तर उहाँको सामान्य डेलिभरी भयो’, प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले भन्नुभयो । संक्रमणका बावजुद् नर्मल डेलिभरी हुनु प्रतिष्ठानका लागि खुशीको विषय भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।