गुणराज हत्याको योजना बनाउने थप तीन पक्राउ

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ७ बस्ने २२ वर्षीय गुणराज यादवको हत्या आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह ७ का ३९ वर्षिय जर्नादन यादव, सोही ठाउँका ६२ वर्षिय बुद्धराम यादव र ५० वर्षिय कृपाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई सुनसरी प्रहरीले अदालतमा कर्तब्य ज्यान मुद्दमा तीन दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले यस अघि गुणराजको हत्या आरोपमा पाँच जना पक्राउ परि सार्वजानिक गरिसकेको छ । शनिबार पक्राउ परेका गाउँका अगुवा रहेको र उनीहरू हत्याको योजनाकार रहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो । ‘अनुसन्धान गर्दै जाने क्रममा हत्याको योजना बनाउने थप तीन जना मतियारलाई पक्राउ गरिएको छ,’ एसपी थापाले भन्नुभयो, ‘पक्राउ परेकालाई अदालतमा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकामध्ये कृपाराम गाउँमा मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको स्थानीयको आरोप छ । गाउँमा मिटर ब्याजमा पैसा लगानी गर्ने र उनले भनेको समयमा पैसाँ बुझाउन नसके घर, जग्गा आफ्नो नाममा बनाउने गरेका छन् । पक्राउ परेका कृपारामले मिटर ब्याजलमा पैसा लगाउने गरेको विषयमा पनि प्रमाण संकनल गरि छुट्टी प्रहरी टोली परिचालन गरि अनुसन्धान गर्ने सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि गुणराज यादवको हत्यामा संलग्न रहेको आरोपमा पप्पु राम, दिनेश महतो, शिवकुमार मेहता, प्रदीप राम र दिपक कुमार यादव रहेका छन् । उनीहरुले गुणराजको २९ साउनमा हत्या गरेपछि प्लास्टिकमा हालेर नजिकैको सुनसरी खोलामा फालेको प्रहरीले जनाएको छ ।

सोमबार, ०८ भदौ, २०७७, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर