विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका– ८ का ब्यवसायी ६८ वर्षका संक्रमितको आइतबार साझ साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
साउन २९ गते कोरोना पुष्टि भएपछि ३० गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
मोरङको सुन्दरहरैचाका कोरोनामुक्त भएका युबाले प्लाज्मा दिएका उनको उपचारको क्रमम मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो। मृतक पुरुष बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो मृत्यु भएको थियो ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मोरङमा मात्रै १३ जनाको मृत्यु भइसकेको छ । सुनसरीको धरानका तीन जना छन् । मोरङका १३ मध्ये विराटनगरका ९, बुढीगंगा गाउँपालिकाका २, रंगेली र सुनबर्षी नगरपालिकाका १–१ जना छन् । अन्य ४ जना प्रदेश २ का हुन ।