लोड हुँदैछ...

मेनु

सुनसरीमा थप एक साता निषेधाज्ञा

सुनसरीमा थप एक साता निषेधाज्ञा

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताका लागि जिल्लामा निषेधाज्ञाको समय थपेको छ।

कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि प्रशासनले साउन २१ गतेदेखि सुनसरीमा निषेधाज्ञा जारी गरिरहेको छ।

आइतबार प्रशासनले निषेधाज्ञाको समय बढाउँदै भदौ १४ गते राति १२ बजेसम्म कायम रहने जनाएको हो । प्रशासनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै मानिसको हिँडडुल, पसल, हाटबजार, सवारी साधनलगायत बन्द रहनेछन्।

केही अत्यावश्यक सेवाका कार्यालयहरूमा स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल पालना हुनेगरी थोरै कर्मचारी राखेर काम गर्न गराउन प्रशासनले निर्देशन दिएको छ। सुनसरीमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ४३३ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds