लोड हुँदैछ...

मेनु

भेन्टिलेटर नपाएर वडाध्यक्षको मृत्यु

भेन्टिलेटर नपाएर वडाध्यक्षको मृत्यु

इटहरी । सुनसरीको कोशी गाउँपालिकाका २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।

घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको लागि अस्पताल दौडाउने क्रममा उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

उपचारका लागि अस्पताल लगिएपनि कोरोना भाइरसका कारण अस्पतालहरुमा भेन्लिेटर अभाव भएकोले समयमै उपचार नपाउँदा यादवको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो । विराटनगर र धरानका अस्पतालमा भेन्टिलेटर नभएको जानकारीपछि उनलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

ढिलोगरी अस्पताल लगिएकोले उनको मृत्यु भएको बताइएको छ । गाउँपालिकाले वडाध्यक्षप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds