लोड हुँदैछ...

मेनु

धरानमा डाक्टर, नर्स र अख्तियारका कर्मचारीमा कोरोना

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको हो ।

धरान ११ स्थित सयपत्री चोक निवासी उनी प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा छन् । यसअघि संक्रमण पुष्टि भएको नर्सहरुको कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब लिएर परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यस्तै, प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार त्यसबाहेक गाइनो वार्डमा शुक्रबार संक्रमण पुष्टि भएका एक महिलाको कुरुवामा पनि संक्रमण देखिएको छ । आफैं स्वाब दिएका अन्य ३ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

धरानकै विययपुर हस्पिटलमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । हस्पिटलका ५४ वर्षीय रेडियोग्राफरमा संक्रमण देखिएको हो । उनी धरान १७ स्थित आदर्श मार्गमा डेरामा बस्छन् । अस्पतालका निर्देशक प्रभाव खतिवडाले संक्रमित रेडियोग्राफरलाई आइसोलेसनमा राखिएको जनकारी दिनुभयो ।

यसैगरी बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत धरानका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनी वर्दिवासस्थित अख्तियारमा कार्यरत भएपनि धरान घर आएको बेला संक्रमण देखिएको हो । उनी होम आइसोलेसनमा नै बस्ने जानकारी गराएको नगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छध । धरानमा २ महिला र २ पुरुष, इटहरीमा ५ महिला र ३ पुरुष, दुहबीमा १ पुरुष र गढीमा १ महिला र ३ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।