लोड हुँदैछ...

मेनु

निषेधाज्ञामा सुनसान विराटनगर (फोटोफिचर)

निषेधाज्ञामा सुनसान विराटनगर (फोटोफिचर)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य ३ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेसँगै नगरक्षेत्र सुनसान देखिएको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको बढ्दो संक्रमण रोकथाम तथा न्युनीकरणका लागी मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गरेपछि मानवीय गतिविधि कम भएसँगै नगरक्षेत्र सुनसान देखिएको हो ।

?बैठकले शुक्रबार मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बैठकको निर्णय बमोजिम शुक्रबार मध्यरातदेखि विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगरपालिकाको ४ देखि ७ सम्मका वडामा पनि निषेधाज्ञा जारी गरिएको मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो ।

निषेधाज्ञाको आज पहिलो दिन सडक तथा बजारमा आम सर्वसाधारणको चहलपहल तथा मानवीय गतिविधिमा कमी आएको छ । सडक सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन र पसल व्यावसाय सञ्चालनमा आउन सकेका छैनन् ।

तस्बिर : सुदिप कोईराला
तस्बिर : सुदिप कोईराला
तस्बिर : सुदिप कोईराला

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Saroj phuyal
August 22, 2020 11:57 AM

Hajarauko vidvad hune hamro biratnagar aaja sunshan vako abastha😄😄

प्रतिक्रियाहरू बन्द छन्।