‘ब्लक लिस्ट’ को मान्छे

 एलिना दियाली

आखिर म हुनु र नहुनुमा के फरक छ ? म बाँच्नु या मर्नुमा के फरक छ ? मैले माया गर्नु या नगर्नुमा के फरक छ र ? यदि केहि फरक छैन भने म रहिरहनु को केहि अर्थ छैन । जिन्दगी हो आफ्ना आफ्नै तरिकाले जिउनु पर्छ । न तिमिलेले भोगेको जिन्दगी मिल्छ न मैले भोगेको जिन्दगी मिल्छ । जिन्दगीका आ–आफ्नै परिभाषा छ्न् र जिउने व्यक्ति स्वयंले भोगेको आधारमा जिन्दगीको परिभाषित गर्ने गर्दछ्न् । जे जसरी जिन्दगीको परिभाषा गरेपनी सबैको जिन्दगीमा दुःख, पिडा, रोदन, बियोग, हाँसो र खुशी सबै नै आईरहन्छ्न् भलै ढिलो चाडो होला ? जिन्दगीका मोडहरुमा यात्रा गर्ने क्रममा यात्रीहरु भेटिन्छ्न् अनि छुट्टिन्छ्न् पनि उसैगरी । मन मिल्नेहरु समिप हुँदै जान्छ्न् भने मन नमिल्नेहरु दुर । मन मिलेर नजिक भएकासँग पनि कहिलेकाँही स–सानो कुरामा बुझाबुझ नहुँदा सम्बन्ध नै धरासायी हुँदै जान सक्छ ।

सम्बन्ध मजबुत बनाउन दुईले एकाअर्कालाई राम्रोसँग जरुर बुझ्नु पर्दछ । नबुझेका कुरामा बहस र छ्लफलबाट जरुर निकास ल्याउनु पर्दछ । तर स–सानो कुरामा पनि रिसाउनु खास उचित हुन्न किनकी मैले कुनै दिन तिमि माथि किन फोन ब्यस्त, किन कल रिसिभ भएन, किन म्यासेजको रेस्पोन्स ढिलो यि प्रश्न गरिन किनकी मैले तिमिलाई र तिम्रो कामलाई बुझेको छु । तर तिमिबाट बारम्बार यि नै प्रश्न किन फोन ब्यस्त, किन म्यासेजको रेस्पोन्स ढिलो कोसँग बोलेको नामसहितको स्किर्नसुट गरेर नपठाएसम्म… अदालतको जस्तो केरकार । रति भर मप्रति विश्वास नगर्ने तिमिले मलाई माया गर्छौ भन्ने कसरी विश्वास गर्न सकौं ? मैले तिमिलाई बुझेको छु भने तिमि मलाई र मेरो कामलाई किन बुझ्ने कोसिस गर्दैनौं ? सम्बन्धमा एकले अर्कालाई बुझ्न जरुर हुन्छ हैन र ? तिमि आफैंले भनेको हैन समबन्धलाई स्थायित्व प्रदान गर्न एकअर्काप्रति बुझाबुझ, सम्मान र सद्भाब साथै मायाँ हुनुपर्छ अनि किन आफैं मुर्ख बन्छौ ? किरण तिमि र मेरो सम्बन्ध एक ठाँउमा छ भने तिम्रो र मेरो आ–आफ्नै निजी जीवन पनि त छ ।

मेरो आफ्नै परिवार, आफन्त, साथिसङ्गी छ्न् अनि तिम्रा पनि उसैगरी । तिम्रो र मेरो सम्बन्धलाई जसरी निरन्तर अघि बढाउनु छ सँगै हाम्रा जीवनसँग जोडिएका सम्बन्धलाई पनि त निरन्तरता दिनु छ । तिमिले पटक–पटक मागि रहेको मेरो फेसबुकको पासवर्ड मैले नदिनु तिम्रो लागि झगडा गर्नका लागि काफी छ । तर मैले तिम्रो फेसबुक पासवड मागेको थाहा छैन किनकी म तिमिलाई विश्वास गर्छु किरण अनि माया गर्छु त्यही भएर तिमिप्रति मैले तिमिले जस्तो कुनै शंकाको बिजारोपण गरेको छैन । पर्सनल आईडी र पासवर्ड सबैको हुन्छ भने एकले अर्कालाई सेयर गर्न पर्छ भने त सामूहिक आईडी भनेर एउटा आईडी बनाएर चलाउँदा भएन र ? भलै तिम्रो मनमा लागि रहेको हुन सक्छ यो मेरो व्यबहारले मलाई खुब माया गरेको छु जस्तो तर कदापि यो माया नभएर अविश्वासको संज्ञा बाहेक अरू दिन सक्दिन डियर किरण मलाई माफ गर ।

तिमिसँग सम्बन्ध हुनु भनेको यसअघि सम्मका आफन्तजन, साथिभाई सबैसँगको सम्बन्धको अन्त्य गर्नु पर्छ भन्ने तिम्रो कुरा म मान्न्न तयार छैन किनकी मलाई आज ‘म’ भनेर भन्न सक्ने हुनुमा उहाँहरुको ठूलो योगदान छ । सर्बोच्च शिखर सगरमाथामा पुगेर त मानिस पहिले कै धरातलमा ओर्लिनु पर्छ भने मैले कसरी भुल्न सकुँला र आफुले टेकेको धरातललाई ।

यि सबै भनिरहँदा तिमिलाई माया गर्दिन भन्ने हैन तिमिसँगको सम्बन्ध अन्त्य गर्न खोजेको होइन भएका सम्बन्ध सँगै तिम्रो मेरो सम्बन्धलाई निरन्तरता दिउँ भन्ने मेरो चाहानालाई तिमिले पटक–पटक बेवास्ता गरेको थाहा हुँदै पनि फेरि यहि कुरालाई दोहोर्‍याउनु भुल हुने थाहा हुँदा–हुँदै पनि दोहोर्याउन मन लाग्यो । किनकी मलाई यो पनि थाहा छ निरन्तरको प्रहारले ढुङ्गा त बालुवा बन्छ भने कसो तिम्रो मन पनि नफर्किएला त ? यदि कसैलाई निराश, दुःख, तनाब, पिडा दिन्छ भए त्यो माया कदापि हुन सक्दैन डियर किरण । मायाले त जीवन जिउन हौसला मिल्नु पर्छ, हाँस्ने र हसाउने बहाना मिल्नु पर्छ । मुहारमा खुशी छाउनु पर्छ तब माया हुन सक्छ हैन र ? तर तिमि किन तनाबमा देखिन्छौ, किन रिसाउँछौ, किन दुःखी हुन्छौ त्यो नि थाहा छ मेरो आफ्नै काम छ म अन्लाईन हुने बित्तिकै अरुसँगै त्यो नि केटासँगै बोलेको हुन्छ भन्ने तिम्रो गलत सोचलाई म कसरी परिवर्तन गर्न सकुला र खै ? काम भएसि केटा होस या बुढो पुरुष होस् या महिला मैले कुरा गर्न पाउनु पर्छ त्यो मेरो स्वतन्त्रता हो अनि तिम्रो स्वतन्त्रताको पनि त मैले कदर गरेको नै छु । त्यसैले मेरो स्वतन्त्रता माथिको तिम्रो केरकार स्विकार्य छैन । यदि तिमि खुशी हुन्छौ भने म तिम्रो बाटोमा कुनै अवरोध बन्न चाहान्न किरण ।

ठिक छ आज ब्लक गरेउ मलाई फेसबुकमा तर यस अगाडि नै भनेको भएपनि भै हाल्थ्यो नि म तिमिसँग यो भन्दा ज्यादा सम्बन्धमा रहन सक्दिन भनेर ? कति पीडा सहेर पनि रहेउ होला है ? कसैको लागि एति बोझ र भारी रहेछु जस्तो कहिले लागेन सायद लागेको भए बोलिरहेर येति ठूलो भुल गर्ने थिईन होला । तिम्रो सोचलाई परिवर्तन गर्न निरन्तर लागि रहनु यो पनि जिन्दगीमा एउटा ठूलो भुल मानेको छु । मलाई साच्चै नराम्रो लाग्छ, मेरो कारण कसैको मन दुख्नु, कसैको जिन्दगीमा बाधा पुग्नु । सम्बन्ध सुमधुर बनाई रहनको लागि एकअर्काप्रती बिश्वास हुनुपर्छ नत्र समबन्ध घस्रेर खास स्थातित्व प्राप्त नगरी गन्तब्यको लागि छुटेको गाडी बीच सडकमा पम्पचर हुनु जस्तै हो भन्ने एउटा ठूलो पाठ सिकाएर गएउ धन्यवाद समय र सम्वादको लागी डियर किरण ।

खास अविश्वास र कुसोचले भरिपूर्ण तिमिसँगको सम्बन्धमा रहिरहन मलाई पनि रहर थिएन तर म तिमिलाई माया गर्थे र मेरो मायाले तिम्रो सोचमा परिवर्तन ल्याउन सकुला भन्ने थियो सकिन । ठिक छ मेरो कुरा र मलाई बुझ्न नसकेपछि कल ढिलो रिसिभ हुँदैमा, म्यासेजको रेस्पोन्स ढिलो हुँदैमा र फेसबुकको पासवर्ड नदिँदैमा मसँगको सम्बन्ध तोड्ने तिम्रो ग्रान्ड निर्णय म हार्दिक स्वागत गर्द्छु । जिन्दगीमा कसैको खुशीको निम्ती आफ्नो जीवनको त अन्त्य गर्छन् भने मान्छे म त एउटा साथिको लिस्टबाट हटेको न हो र यो पनि तिम्रो खुशीको निम्ती । ति सुन्दर हातबाट हट्न पाउनु पनि मेरो अहोभाग्य हो मानौं यो अवसर जो कोहीले प्राप्त गर्दैन्न । खैर जे होस् मलाई साथिबाट हटाएर पक्कै खुशी छौ होला त्यही खुशीको उत्सवमा शब्द रुपि बधाई तथा शुभकामना सँधै खुशी रहनु । प्रगति र उन्नति सुन्न पाउँ । माया या सम्बन्धमा कुनै चिज प्राप्ति गर्नु मात्रै ठूलो कुरा होइन । समर्पण र त्याग गर्न सक्नु पनि ठूलो कुरा हो । अर्को कुरा मायामा विवाह हुनै पर्छ भन्ने पनि त छैन जिन्दगीको कुनै मोडमा केहि समस्या परे सम्झिनु तिमिलाई सहयोग गर्न यि हातहरु सदा सर्वदा तयार हुनेछ्न् माई डियर किरण । बाँकी पल सुखभन्दा पनि खुशी र उमंगले भरियोस ल । शुभचिन्तकको नाताले शुभकामना । फेसबुकमा ब्लक गरेउ अब तिम्रो यादहरुलाई पनि त्यसरी नै ब्लक गर अनि महान मानौला । उहि ब्लक लिस्टको मान्छे ।

शुक्रबार, ३० साउन, २०७७

प्रतिक्रिया

  1. अहम्ता आफै मा धेरै देख्छु म चाहिँ, किरण कस्तो थियो किन सम्बन्ध येस्तो भो थाहा भयेन तर लेख अनुसार लेखिकाले केटि पक्ष को अहङ्कार अलि धेर भयेको देखिन्छ! लेख मा शब्द प्रयोग ठिकै भयेको छ ! प्रगतिको कामना
    सफल रहोस सम्बन्ध

प्रतिक्रिया:

सम्बन्धित खवर