विराटनगर । सरकारले आगामी भदौ ३१ गतेसम्म यात्रुहरुका लागी नेपाल प्रवेशको सबै नाकाहरु बन्द गर्ने निर्णय गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै संघीय सरकारका अर्थमन्त्री एवं सुचना तथा प्रविद्यि मन्त्री युवराज खतिवडाले निर्णय बमोजिम सरकारले तोकेको १० वटा सीमानाकाबाट मात्र नेपाल प्रवेश गर्न पाईने बताउनुभयो । उहाँले झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको विरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र प्रवेश पाईने स्पष्ट पार्नुभयो ।
यस बाहेकका नाकाबाट नेपाल प्रवेश गरेको पाईए कानुन बमोजिम कारबाही हुने जनाईएको छ ।

