प्रधानमन्त्री ओली अनुपस्थित, इश्वर पोखरेल र बिष्णु पौडेल बैठकमा सहभागी

विराटनगर । बैठक बस्ने कि स्थगित गर्ने भन्ने विवादकै बीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा सुरु भएको छ ।

साउन १३ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अचानक स्थगित भएको हल्ला चलेपनि बेठक स्थगित नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएपछि बैठक सुरु भएको हो ।
ैठक सुरु हुनु अघि नेकपाका अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न जानुभएको थियो । उहाँहरुको भेट लगतै बैठक औपचारिकरुपमा अघि बढेको हो ।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुको सहभागिता रहेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी हुनुभएको छैन । तर उहाँ निकटका नेताहरु इश्वर पोखरेल र महासचिव बिष्णु पौडेल पनि बैठकमा सहभागि हुनुहुन्छ ।

बिहान बैठक सुरु हुनुभन्दा केही समय अघि प्रधानमन्त्रीको सचिवालयको तर्फबाट आजको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको थियो । दुई अध्यक्षबीच सहमतिमा निर्धारण गरिएको बैठक अध्यक्षहरुबीच छलफल नभई स्थगित भएको हल्ला चलेपछि त्यस विषयमा बुझ्न अध्यक्ष प्रचण्ड र नेता खनाल प्रधानमन्त्रीलाई भेट्न पुग्नुभएको थियो । उहाँहरुबीच भेटमा के कुरा भयो भन्ने विषय भने सार्वजनिक भइसकेको छैन ।

मङ्गलबार, १३ साउन, २०७७, दिउँसोको ०२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर