असोजमा कक्षा १२ को परीक्षा हुने

विराटनगर । बैशाख महिनामा हुनुपर्ने कक्षा १२ को परीषा असोज महिनामा सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ गतेदेखि अधिकांश सेवा क्षेत्र सुचारु गर्ने निर्णय गरेपछि असोजमा कक्षा १२ को परीक्षाको तयारी बोर्डले अघि बढाएको हो ।

परीक्षा बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्ने अन्य तयारी गरिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

बुधबार, ०७ साउन, २०७७, साँझको ०७:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर