६ निजी प्रयोगशालाले कोरोना परीक्षण गर्न पाउने, विराटनगरका परेनन्

विराटनगर । सरकारले कोरोना परीक्षणका लागि विभिन्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका ६ वटा प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको हो ।

अनुमति पाउनेहरूमा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियर रहेका छन् । यस्तै उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

काठमाडौं र उपत्यका बाहिरका २ वटालाई कोरोना परीक्षण गर्न दिइरहँदा विराटनगरका भने कुनै पनि प्रयोगशालाले अनुमति पाएका छैनन् । सरकारले कोरोना परीक्षण गर्न देशभर २५ वटा प्रयोगशाला सञ्चालन गरिरहेको छ । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् ।

सोमबार, २९ असार, २०७७, बिहानको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर