शनिबार पनि बैंक खुल्ला रहने

विराटनगर । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्ण रुपमा खुल्ला राख्न निर्देशन दिएको छ ।

बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिईएको बताउनुभयो । उहाँले भोलि शनिबार बैंक मात्रै नभई क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत खुल्ला रहने जानकारी दिनुभयो । राजश्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै नभई अन्य सार्वजनिक बिदामा पनि राष्ट्र बैंकले निश्चित समयावद्यि तोकेर बैंकहरू खुल्ला राख्न निर्देशन दिने गरेको थियो ।

तर कोभिड–१९ कारण सरकारको राजश्व उठ्न नसकेको बिषयलाई मध्यनजर गरि र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुल्ला राख्न निर्देशन दिईएको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार, २६ असार, २०७७, दिउँसोको ०१:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर