दुई घटनामा चार जनाको मृत्यु

बिराटनगर । झापा र मोरङमा खोलाले बगाएर र करेन्ट लागेर एक बालिकासहित चार जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका ५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिबार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा खोलाको डिलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी मोरङको कटहरी गाउँपालिका(७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजतलास गर्ने क्रममा ३ किलोमिटर दक्षिण मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैबीच झापाको मेचीनगर नगरपालिका १४ का २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागि झापाको बि।एण्ड।सी। अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ बर्षीय खेमबहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार अपरान्ह घर अगाडि रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा अस्पताल पुग्नासाथ निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

घटनामा घाईते भएकी निजकै श्रीमती ३० बर्षीया कला भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

असार २१, २०७७, रातीको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर