विराटनगर / उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै घनश्याम पोखरेलले नेतृत्व सम्हाल्नुभएका लायन्स क्लब अफ विराटनगर सिटीलाई सम्मान गरिएको छ । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए–वानको चौथो क्याबिनेट बैठकले पोखरेललाई सम्मान गरेको हो ।

सम्मानित भएका पोखरेलले विभिन्न विद्यामा मेडल प्राप्त गरिसक्नुभएको छ । लायन्स क्लब अफ ईन्टरनेशनलले लिडरसीप मेडल पनि प्राप्त गरेको छ । ए–वानको बैठकले लायन्स क्लब अफ विराटनगर सिटीले एकैदिन एकैठाउँ एकै समयमा १ सय ३ वटा सामाजिक कार्य गरि उत्कृष्ट काम गरेकोमा पोखरेल बेस्ट डिस्ट्रक प्रेसिडेन्ट पनि घोषित हुनुभएको छ ।

त्यस्तै बेस्ट सेक्रेटरी र मेम्बरसीपमा सो क्लब टप १० मा पर्न सफल भएको छ ।