विराटनगर । नेपाल र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ ।
सत्तारूढ दल नेकपाको भातृ संगठन अनेरास्ववियुको आयोजनामा बुधबार एमसीसी सम्झौताको खारेजको माग राख्दै विरोध प्रदर्शन भएको हो ।
अनेरास्ववियुका पूर्व केन्द्रीय सचिब वसिम आलमको नेतृत्वमा विद्यार्थीहरुले विराटनगरको ट्राफिक चौकमा राष्ट्रिय गान गाएर विरोध जनाएका थिए । उनीहरूले हात र टाउँकामा कालो पट्टी बाँधेर एमसीसी खारेज गर, अमेरिकी साम्रज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

