विराटनगर / प्रस्तावित नागरिकता विधेयक फिर्ता लिन माग गर्दै विराटनगरमा चर्को विरोद्य प्रर्दशन भएको छ ।
जनता समाजवादी पार्टी नेपालले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेको हो । पार्टीले नगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक खारेज गर, धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन, महिला माथिको विभेद अन्त्य गर र नेकपा सचिवालय निर्णय मुर्दावाद लगायतका नारा घन्काउदै प्ले कार्डसहित प्रर्दशन गरेको छ ।
प्रर्दशन लगत्तै भएको कोणसभामा भने जनता समाजवादी पार्टी नेपालका प्रदेश तथा जिल्लास्तरीय नेताहरु राजकुमार यादव, राजेन्द प्रसाद गुप्ता, राकेश रोशन यादव, मोहम्मद नसरुल, मोहम्मद कादिर, राधे कामत र श्री राम कामत लगायतले प्रस्तावित नागरिकता विद्येयकको सम्बन्धमा चर्को आलोचना गर्नुभयो ।

