विराटनगर । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका छन् ।
सोमवार दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर तमोर नदीमा पुर्याई बेपत्ता बनाएको थियो ।
यसैगरी सोमवार दिउँसो ३ बजे साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका ५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले होहल्ला गरेपछि स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरेको भनी ईलाका प्रहरी आठराईमा जानकारी गराएका थिए ।
बेपत्ताको प्रहरी टोली समेत खटि गई खोजतलास भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।