विराटनगर । इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर उच्च मनोबल र साहसका साथ लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न, अबैध काठ चोरी निकासी गर्ने र अवैध हतियारसहित विभिन्न व्यक्तिलाई पक्राउ गर्न सफल भएकोले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ ।