विराटनगर । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।
संक्रमितमध्ये मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।
सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५–५ जना, पर्वत र दाङका ४–४ जना, बाँके, बर्दिया र गुल्मीका ३–३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २–२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीबारसम्म नेपालमा पीसीआर बिधिबाट १ लाख ५५ हजार ५१८ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी बिधिबाट २ लाख ३४ हजार ७५ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।