लोड हुँदैछ...

मेनु

कृषिमा ३ अर्ब ८३ करोड १६ लाख

कृषिमा ३ अर्ब ८३ करोड १६ लाख

विराटनगर । प्रदेश १ सरकारले कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ ।

आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोद्वारा प्रस्तुत बजेटमा कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट छुट्याउनु भएको हो ।

बजेट भाषणका क्रममा मन्त्री आङ्बोले पहाडी क्षेत्रलाई माटो सुधार, मुख्य खाद्यान्न वाली मकै, गहुँ, धानको उत्पादकत्व बढाउनका लागि उन्नत मल बिउको उत्पादन प्रबद्र्धन गरिने, कृषिमा व्यक्तिलाई अनुदान रकमलाई निरुत्साहित गर्दै समुदाय र सहकारीमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

यस्तै प्रदेशलाई अग्यानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि साना कृषि यन्त्रहरु उपलब्ध गराउन ६ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।